← समाचारमा फर्कनुस्
बायर्नको लगातार १३ औं जित

लयमा रहेको बायर्न म्युनिकले शनिबार युरोपेली क्लब फुटबलमा कीर्तिमान बराबरी हुने गरेर लगातार सबै खाले प्रतियोगितामा १३ औं जित हात पारेको छ । यसका लागि उसले जर्मन बुंडेसलिगामा बोरुसिया मोन्चेनग्लाडबाखलाई सजिलै ३–० ले हराएको छ ।
जोसुआ किमिच, रोफेल गुरेरो र लेनार्ट कार्लले बायर्नका लागि गोल गरे । यसँगै बायर्नको आठ खेलबाट अधिक्तम २४ अंक भएको छ र शीर्षमा छ । उसको पछाडि आरबी लाइपजिगको १९ र बोरुसिया डर्टमुन्डको १७ अंक छ । लाइपजिगले असबर्गलाई ६–० र बोरुसिया डर्टमुन्डले कोलोनालाई १–० ले हरायो ।
सन् १९९२–१९९३ को सिजन एसी मिलानले लगातार १३ खेल जितेर गरेको प्रदर्शनलाई अहिले बायर्नले बराबरी गरेको हो ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |