← समाचारमा फर्कनुस्
बायर्नको शतप्रतिशत प्रदर्शन कायम

आफ्ना केही प्रमुख खेलाडीलाई आराम दिएको भएता पनि बायर्न म्युनिकले जर्मन बुंडेसलिगामा बायर लेभरकुजनलाई शनिबार राति सजिलै ३–० ले पराजित गरेको छ । युरोपेली च्याम्पियन्स लिगमा पेरिस सेन्ट जर्मेन (पीएसजी) को सामना गर्न अगाडि बायर्नले ह्यारी केनलाई खेलाएको थिएन्।
एलिनाज एरिनामा भएको खेलमा बायर्नका लागि सर्गे जियानब्रे र निकोलस ज्याक्सनले गोल गरे । अर्को गोल आत्मघाती रह्यो । बायर्नको यो लगातार नवौं जित हो । शतप्रतिशत प्रदर्शनको क्रममा उसको २७ अंक भएको छ र फेरि एकपल्ट सजिलै लिग जित्ने छाँट देखाएको छ ।
बायर्नको पछाडि दोस्रो स्थानमा आरबी लाइपजिग छ र उसको नौ खेलबाट २२ अंक छ । लाइपजिगले भने स्टुटगार्टलाई ३–१ ले हरायो । यो जितसँगै उसले बोरुसिया डर्टमुन्डलाई उछिनेर दोस्रो स्थानमा उक्लेको हो । डर्टमुन्ड भने २० अंकमा रहेको छ ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |