← समाचारमा फर्कनुस्
शीर्षमा बायर्नको अग्रता नौ अंक

बायर्न म्युनिकले जर्मन बुंडेसलिगाको शीर्षमा आफ्नो पकड अझ बलियो बनाएको छ र यसका लागि उसले आइतबारको खेलमा हेडनहेमलाई सजिलै ४–० ले पराजित गरेको छ ।
ह्यारी केनको कप्तानीमा पहिलो पटक मैदानमा उत्रेको बायर्नले यो जितपछि पहिलो स्थानमा आफ्नो अग्रतालाई नौ अंक पुर्याएको छ । उसको १५ खेलबाट ४१ अंक भएको छ ।
उत्तिकै खेल खेलेर बोरुसिया डर्टमुन्डको ३२, बायर लेभरकुजनको २९ र आरबी लाइपजिगको २९ अंक भएको छ । हेडनहेम भने ११ अंकमा १७ औं स्थानमा छ र उसमाथि रेलिगेसनको तनाव छ ।
भोइथ एरिनामा भएको खेलमा बार्यनका लागि केनसँगै जोसिप स्टानिच, माइकल ओलिस र लुइस डिजाजले एक एक गोल गरे ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 |
Laos Women |
1 | 0 | 0 |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |
Laos Women