← समाचारमा फर्कनुस्
बायर्नलाई हराउँदै बेन्फिका समूह विजेता

काठमाडौँ। पोर्चुगिज क्लब बेन्फिका समूह विजेता बन्दै फिफा क्लब विश्वकपको नकआउट चरणमा प्रवेश गरेको छ।
समुह सी अन्तर्गतको अन्तिम खेलमा जर्मन क्लब बायर्न म्युनिखलाई १–० ले स्तब्ध बनाउँदै दुबै टोली अघिल्लो चरणमा प्रवेश गरेका हुन्।
खेलको १३औं मिनेटमा एन्ड्रियास स्जेल्डरपले गरेको गोल नै बेन्फिकाको जितमा निर्णायक गोल बन्यो।
यो जितपछि समुह सी मा बेन्फिका ३ खेलमा ७ अंकसहित शीर्ष स्थानमा रहँदै नक आउट चरणमा पुगेको छ भने बायर्न म्युनिख भने ३ खेलमा ६ अंकसहित समुहमा दोस्रो हुँदै यस समुहबाट नकआउट चरणमा पुगेको छ।
त्यस्तै समुह सी बाट बोका जुनियर्स र अकल्याण्ड सिटी भने बाहिरिएका छन्।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |