TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Football Dec 15, 2025 · Swadesh

मेन्जसँग बायर्नको बराबरी

मेन्जसँग बायर्नको बराबरी

जर्मन बुंडेसलिगामा बायर्न म्युनिक आइतबार मेन्जको हातबाट २–२ को बराबरीमा रोकिएको छ । बोरुसिया डर्टमुन्डले पनि फ्रेबर्गविरुद्धको खेलमा १–१ को बराबरीमै चित्त बुझाए ।


एलिनाज एरेनामा ह्यारी केनले पेनाल्टीबाट ८७ औं मिनेटमा गोल गरेपछि बायर्न संघर्ष गर्दै एक अंक बटुल्न सफल रहेको हो । यससँगै बायर्न र डर्टमुन्ड दुवै टिम यसअघिको लाइपजिगको हारको फाइदा लिन चुके ।


लिग तालिकामा बायर्न ३८, लाइपजिग २९ र डर्टमुन्ड २९ अंकमै शीर्ष तीन स्थान भित्र रहेका छन् । बायर्नको अग्रता भने नौ अंक रहेको छ र उसलाई उपाधि होडमा रोक्ने काम कठिन मानिएको छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group B
1 Bosnia-Herzegovina 0 0
1 Canada 0 0
1 Qatar 0 0
1 Switzerland 0 0
सबै समूह →