← समाचारमा फर्कनुस्
बायर्नको लगातार जितमा अन्त्य

बायर्न म्युनिकको यो सिजनको लगातार जितको क्रममा शनिबार पूर्ण विराम लागेको छ । उसलाई जर्मन बुंडेसलिगामा युनियन बर्लिनले २–२ को बराबरीमा रोकेको हो । ह्यारी केनले ९० औं मिनेटमा गोल गरेर बायर्नको हार टारेका हुन् ।
यसअघि बायर्न सबै प्रतियोगिताका १६ खेलमध्ये सबैमा नै विजयी रहेको थियो । युनियनका लागि डानिल्हो डोइखी दुई गोल गरे । लुइस डियाजले बायर्नका लागि एक गोल फर्काए ।
अन्य खेलमा होफनहाइमले आरबी लाइपजिगलाई ३–१ ले हरायो भने बोरुसिया डर्टमुन्ड ह्याम्बर्गसँग १–१ को बराबरीमा रोकियो । यसले बायर्नलाई अझ फाइदा गरेको छ । बायर्नको १० खेलबाट २६ अंक भएको छ । त्यसपछि लाइपजिगको २२ र डर्टमुन्डको २१ अंक छ ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |