← समाचारमा फर्कनुस्
Football Oct 24, 2024 · Swadesh

बार्यनविरुद्ध बार्सिलोनाको शानदार जित

बार्यनविरुद्ध बार्सिलोनाको शानदार जित

काठमाडौं । युइएफए च्याम्पियन्स लिग फुटबलमा बार्सिलोनाले बार्यन म्युनिखविरुद्ध शानदार जित दर्ता गरेको छ ।

बिहीबार विहान सकिएको खेलमा बार्सिलोनाले बार्यनमाथि ४–१ गोलको फराकिलो अन्तरले पराजित गरेको हो । 

बार्सिलोनाको जितमा राफिन्हाले आफ्नो १००औं खेलमा ह्याट्रिक गर्दा रोबर्ट लेवान्डोस्कीले अर्को गोल थपेका थिए ।

चार वर्षअघि लिस्बनमा ८–२ को हारपछि बार्सिलोना बार्यनसँग लगातार ६ पटक पराजित भएको थियो । 

खेलको सुरुवातमा ४५ सेकेन्डमा नै राफिन्हाले गोल गर्दै टोलीलाई अग्रता दिलाए । 

त्यसपछि १८औं मिनेटमा केनले गोल गर्दै खेललाई बराबरीमा ल्याए । ३६औं मिनेटमा लेवान्डोस्कीले गोल गरेपछि बार्सिलोनाले अग्रता २–१ बनायो । राफिन्हाले ४५ औं मिनेटमा टिमका लागि तेस्रो र व्यक्तिगत दोस्रो गोल गरे । 

५६औं मिनेटमा राफिन्हाले गोल गर्दै ह्याट्रिक पूरा गर्दा बार्सिलोना ४–१ ले अघि बढ्यो । सोही अग्रता जोगाउँदै बार्सिलोनाले शानदार जीत दर्ता गर्न सफल भयो ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →