← समाचारमा फर्कनुस्
बायर्नको अग्रताले छोयो आठ अंक

बायर्न म्युनिकले जर्मन बुंडेसलिगाको शीर्ष स्थानमा आफ्नो अग्रतालाई आठ अंक पुर्याएको छ । बायर्नले एलिनाज एरेनामा भएको खेलमा सेन्ट पउलीलाई सजिलै ३–१ ले हराएको हो ।
पउलीले सुरुमै अप्रत्यासित अग्रता लिएयता बायर्नले तीन गोल फर्काएको हो । त्यो राफेल गुरेरो, लुइस डियाज र निकोलस ज्याक्सनको नाममा रह्यो ।
बायर्नको १२ खेलबाट ३४ अंक भएको छ । दोस्रोमा रहेको आरबी लाइपजिग भने समान १२ खेलबाट २६ अंकमा छ । लाइपजिग भने अर्को खेलमा बोरुसिया मोन्चेनग्लाडबाखको हातबाट गोलरहित बराबरीमा रोकियो ।
तेस्रो स्थानमा रहेको बोरुसिया डर्टमुन्डले भने बायर लेभरकुनजलाई २–१ ले हरायो । डर्टमुन्डको १२ खेलबाट २५ अंक छ ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |