← समाचारमा फर्कनुस्
ब्रिगेड ब्वाइज क्लबविरुद्ध बाँसबारीको जित

काठमाडौं । बाँसबारी क्लबले सहिद स्मारक ‘बी’ डिभिजन ब्रिगेड ब्वाइज क्लबविरुद्ध जित हासिल गरेको छ।
सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्समा शुक्रबार सम्पन्न खेलमा बाँसबारीले १-० को कठिन जित दर्ता गरेको हाे।
बाँसबारीलाई जित दिलाउन सन्दीप लिम्बुले गरेको एकमात्र गोल पर्याप्त बन्यो। उनले खेलको ६७औं मिनेटमा गोल गरेका थिए।
इन्जुरी समयमा निशान्त रावतले दोहोरो पहेंलो कार्ड बेहोर्दै मैदान छाडेपछि बाँसबारी १० खेलाडीमा समेटिएको थियो।
जितसँगै तीन खेलमा ६ अंक जोडेको बाँसबारी तेस्रो स्थानमा उक्लिएको छ। पराजित ब्रिगेड समान खेलबाट तीन अंकका साथ आठौं स्थानमा छ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |