← समाचारमा फर्कनुस्
बार्सिलोना जित्दा रियल पराजित

स्पेनी ला लिगामा शनिबार बार्सिलोनाले आफ्नो खेलमा जित निकाल्दा उसको उपाधि होडको प्रतिद्वन्द्वी रियल म्याड्रिड भने पराजित भएको छ । रोबर्ट लेवनडोस्कीले खेलको ८७ औं मिनेटमा आकर्षक गोल गरेपछि बार्सिलोनाले दस खेलाडीमा सीमित एटलेटिको म्याड्रिडलाई २–१ ले हराएको हो ।
यो जितपछि बार्सिलोना शीर्ष स्थानमा सात अंकको अग्रता लिएको छ । बार्सिलोनाको ३० खेलबाट ७६ अंक भएको छ । रियल ६९ अंकमा दोस्रो स्थानमा छ । एटलेटिकोले जिलिनो सिमोनीको गोलले पहिलो हाफमा अग्रता लिएको थियो । तर पहिलो हाफमै बार्सिलोनाका लागि मार्कस रसफोर्डले बराबरी गोल फर्काए ।

त्यस अगाडि रियललाई मार्लोकाले २–१ ले पराजित गरेको थियो । त्यसमा मार्लोकाका लागि भेडाट मुरिकीले दोस्रो हाफको इन्ज्युरी समयमा निर्णायक गोल गरे । लिग तालिकाको शीर्ष चारमा भिल्लारियल ५८ र एटलेटिको ५७ अंकमा छन् ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 |
Laos Women |
1 | 0 | 0 |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |
Laos Women