← समाचारमा फर्कनुस्
बार्सिलानाको जितमा राफिन्हाको दुई गोल

ब्राजिली विन्गर राफिन्हाले गरेको दुई गोलको मदतले बार्सिलोनाले स्पेनी ला लिगामा शनिबार ओसासुनामाथि २–० को जित दर्ता गरेको छ । यो जितपछि बार्सिलोनाको १७ खेलबाट ४३ अंक भएको छ ।
रियल म्याड्रिड एक खेल कम खेलेर ३६ अंकमा दोस्रोमा रहेको छ । रियलले आइतबार एलाभेसको सामना गर्नेछ र उसको सामु दुई टिमबीचको अन्तर घटाउने अवसर हुनेछ ।
एटलेटिको म्याड्रिडले अर्को खेलमा भ्यालेन्सियालाई २–१ ले हरायो र ३४ अंकमा चौथो स्थानमा रह्यो । यस्तै पाँचौमा रहेको इस्पनयोलले गेटाफेलाई १–० ले हरायो र उसको ३० अंकमा छ ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 |
Laos Women |
1 | 0 | 0 |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |
Laos Women