← समाचारमा फर्कनुस्
Football Dec 22, 2025 · Swadesh

भिल्लारियलमाथि बार्सिलोनाको सजिलो जित

भिल्लारियलमाथि बार्सिलोनाको सजिलो जित

शीर्ष चारभित्र रहेका टिमबीचको भिडन्तमा बार्सिलोनाले आइतबार स्पेनी ला लिगामा भिल्लारियललाई २–० ले पराजित गरेको छ । दस खेलाडीमा सीमित भिल्लारियलविरुद्ध बार्सिलोनाको जित सहज रह्यो ।


यो जितमा राफिन्हाले १२ र लामिन यामलले ६३ औं मिनेटमा एक एक गोल गरे । यो जितपछि बार्सिलोनाले शीर्ष स्थानमा फेरि चार अंकको अग्रता फेरि कायम राखेको छ । हारलले भिल्लारियल चौथो स्थानमा झरेको छ ।


त्यस अगाडि एटलेटिको म्याड्रिडले जिरोनालाई ३–० ले पराजित गरेको थियो । शीर्ष चारमा बार्सिलोनाको ४६ र रियलको ४२ अंक छ । यस्तै एटलेटिकोको ३७ र भिल्लारियलको ३५ अंक भएको छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →