← समाचारमा फर्कनुस्
बार्सिलोनाको सहज जित

काठमाडौं । स्पेनिस महारथी बार्सिलोनाले युइएफए च्याम्पियन्स लिग अन्तर्गत स्विस क्लब योङ ब्वायजमाथि सहज जित हासिल गरेको छ।
गएराती सम्पन्न खेलमा बार्सिलोनाले योङ ब्वायजलाई ५–० गोल अन्तरले पराजित गरेको हो।
बार्सिलोनाको जितमा रोबेर्ट लेवानडोस्कीले दुई गोल गरेका थिए भने राफिन्हा र इनिगो मार्टिनेजले एक एक गोल गरे। त्यस्तै एक गोल योङब्वायजका मोहमद अलि कामाराले आत्मघाती गोल गरेका थिए।
यसअघि पहिलो खेलमा हार बेहोरेको बार्सिलोनाको यस सिजनको च्याम्पियन्स लिगमा यो पहिलो जित हो। यता, योङ ब्वायजले भने लगातार दोस्रो हार बेहोरेको छ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |