← समाचारमा फर्कनुस्
च्याम्पियन्स लिग : बार्सिलोना ५–२ ले विजयी

काठमाडौँ । युइएफए च्याम्पियन्स लिगमा बार्सिलोनाले फराकिलो जित दर्ता गरेको छ।
बुधबार राति भएको खेलमा बार्सिलोनाले रेड स्टारलाई ५–२ गोल अन्तरले पराजित गरेको हो।
बार्सिलोनाको जितमा रोबेर्ट लेवानडोस्कीले दुई गोल गर्दा इनिगो मार्टिनेज, राफिन्हा र फेर्मिन लोपेजले एक एक गोल गरे। यता, रेड स्टारका लागि सिलास र मिलसनले गरेको गोल सान्त्वना बन्यो
जीतसँगै बार्सिलोनाले चार खेलबाट ९ अंकसहित छैटौं स्थानमा रहेको छ। पराजित रेड स्टारले भने यस सिजनको च्याम्पियन्स लिगमा लगातार चार खेलमा हार बेहोरेको छ।
पहिलो हाफमा दुई गोल गरेको बार्सिलोनाले दोस्रो हाफमा थप तीन गोल गर्दा एक गोल ब्यहोरेको थियो।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |