← समाचारमा फर्कनुस्
Football Oct 19, 2025 · Swadesh

बार्सिलोनाको जितमा एराउहो निर्णायक

बार्सिलोनाको जितमा एराउहो निर्णायक

रोनाल्ड एराउहोले गरेको निर्णायक गोलको मदतले बार्सिलोनाले स्पेनी ला लिगामा शनिबार जिरोनालाई २–१ ले हराएको छ । दोस्रो हाफको इन्ज्युरी समयको तेस्रो मिनेटमा एराउहोले गोल गरेका हुन् ।


त्यस अगाडि बार्सिलोनाले पेड्रोको गोलले १३ औं मिनेटमा अग्रता लिएको थियो । तर त्यो लामो समय टिकेन् र एक्सेल विट्सेलले २० औं मिनेटमा बराबरी गोल फर्काए ।


यो जितपछि बार्सिलोना नौ खेलबाट २२ अंकमा लिग तालिकाको शीर्षमा उक्लेको छ । एटलेटिको म्याड्रिडले अर्को खेलमा ओसासुनालाई १–० ले हरायो र त्यसमा थिएगो आल्माडाले ६९ औं मिनेटमा एक मात्र गोल गरे । यो जितसँगै एटलेटिको १६ अंकमा चौथो स्थानमा उक्लेको छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →