← समाचारमा फर्कनुस्
बार्सिलोनाले उछिन्यो रियललाई

बार्सिलोनाले स्पेनी ला लिगामा आइतबार रियल म्याड्रिडलाई उछिनेर शीर्षमा उक्लेको छ । उसले रियल सोसिडाडलाई २–१ ले हराएपछि यो उपलब्धी चुमेको हो ।
यो जितपछि बार्सिलोनाको सात खेलबाट १९ अंक भएको छ । रियल एक अंकको दूरीमा दोस्रो स्थानमा छ । सोसिडाडले पहिलो हाफको ३१ औं मिनेटमा अल्भारो ओड्रिजोलाको गोलले अग्रता लिएको थियो ।
तर त्यसलाई कायम भने राख्न सकेन् । बार्सिलोनाका लागि जुलेस कोन्डेले ४३ र रोबर्ट लेवनडोस्कीले ५९ औं मिनेटमा गोल गरे । आइतबारको अर्को खेलमा रियल बेटिसले ओसासुनालाई २–० ले पराजित गर्यो ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |