← समाचारमा फर्कनुस्
Football Jan 04, 2026 · Swadesh

इस्पनयोलमाथि बार्सिलोनाको भाग्यमानी जित

इस्पनयोलमाथि बार्सिलोनाको भाग्यमानी जित

बार्सिलोनाले स्पेनी ला लिगामा इस्पनयोलमाथि शनिबार २–० को भाग्यमानी जित निकालेको छ । खेल बराबरीतर्फ अग्रसर भइरहेको बेला बार्सिलोनाले अन्त्यतिर दुई गोल गरेको हो । 


डानी ओल्मोले ८६ औं मिनेटमा पहिलो गोल गरे भने रोबर्ट लेवनडोस्कीले ९० औं मिनेटमा दोस्रो गोल थपे । यो जितले बार्सिलोनाको ४९ अंक भएको छ र यो शीर्षमा सात अंकको अग्रता हो । 



रियल म्याड्रिड ४२ अंकमा दोस्रो र भिल्लारियल ३८ अंकमा तेस्रो स्थानमा छ । भिल्लारियलले अर्को खेलमा एल्चेलाई ३–१ ले हरायो । 

यस्तै सेल्टा भिगोले भ्यालेन्सियालाई ४–१ ले हरायो भने ओससुना र एथलेटिको बिलबाओबीचको खेल १–१ को बराबरी टुंगियो । 

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →