← समाचारमा फर्कनुस्
Football Jan 09, 2025 · Swadesh

बार्सिलोना सुपर कोपाको फाइनल प्रवेश

बार्सिलोना सुपर कोपाको फाइनल प्रवेश

काठमाडौं । बार्सिलोना स्पेनिस सुपर कोपाको फाइनल प्रवेश गरेको छ।

साउदी अरेबियाको किंग अब्दुल्लाह स्पोर्टस सिटीमा बुधबार भएको पहिलो सेमीफाइनल खेलमा एट्लेटिक बिल्बाओमाथि २-० को सहज जित निकाल्दै बार्सिलोना फाइनलमा प्रवेश गरेको हो।

बार्सिलोनाको जितमा गाभी र लामिन यामलले गोल गरे। खेलको १७औं मिनेटमा गाभीको गोलमार्फत बार्सिलोनाले अग्रता लिएको थियो। यामलले ५२औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई सहज जित दिलाए। 

जितसँगै बार्सिलोनाले अब उपाधिका लागि रियाल मड्रिड र मायोर्काबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →