← समाचारमा फर्कनुस्
रियलमाथि बार्सिलोनाको दबाब

बार्सिलोनाले स्पेनी ला लिगाको उपाधि होडमा आइतबार रियल म्याड्रिडमाथि दबाब सिर्जना गरेको छ । रोबर्ट लेवनडोस्कीको ह्याट्रिकमा बार्सिलोनाले सेल्टा भिगोलाई ४–२ ले हरायो । रियल भने अर्को खेलमा रायो भालेकानोसँग गोलरहित बराबरीमा रोकियो ।
रियलको १२ खेलबाट ३१ अंक छ र शीर्ष स्थानमा छ । बार्सिलोनाका समान खेलबाट २८ अंकमा दोस्रो स्थानमा रहेको छ । यी दुई पुराना प्रतिद्वन्द्वीबीचको अन्तर अब तीन अंकमा छोटिएको छ ।
लेवनडोस्कीले १० औं मिनेटमा पेनाल्टीबाट गोलको खाता खोले । त्यसपछि ३७ र ७३ औं मिनेटमा गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गरे । लामिन यामलले बार्सिलोनाका लागि पहिलो हाफको इन्ज्युरी समयमा अर्को गोल गरे ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |