← समाचारमा फर्कनुस्
ला लगिा च्याम्पियन बार्सिलोना पराजित

काठमाडौं । स्पेनिस ला लिगा च्याम्पियन बार्सिलोना भिल्लारियलसँग ३–२ ले पराजित भएको छ।
यसअघि नै च्याम्पियन बनिसकेको बार्सिलोना घरेलु मैदानमा अग्रता जोगाउन सकेन।
भिल्ला रियल पहिलो हाफको धेरै समय दबाबमा रह्यो, तर दोस्रो हाफको पाँचौं मिनेटमा सान्ती कोमेसानाले येरेमी पिनोको उत्कृष्ट थ्रु बलमा दौडँदै आएर गोलकिपर मार्क–आन्द्रे टर स्टेगनलाई छलेर बराबरी गरे। परिवर्तित ताजोन बुकेननले ८० औं मिनेटमा निर्णायक गोल गरे।
३८ औं मिनेटमा यामालले आफ्नो ट्रेडमार्क शैलीमा नवौं लिग गोल गरे। फर्मिनले पहिलो हाफको इन्जुरी समयको पाँचौं मिनेटमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए।
पुनरागमन जितसहित भिल्लारियल शीर्ष पाँचमा रहँदै आगामी सिजनको च्याम्पियन्स लिगको सुनिश्चितता गर्यो।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |