← समाचारमा फर्कनुस्
रियललाई उछिनेर बार्सिलोना अगाडि

स्पेनी ला लिगामा उपाधिका दुई प्रमुख प्रत्यासी बार्सिलोना र रियल म्याड्रिडले एकले अर्कोलाई उछिनेर शीर्षमा जाने क्रम शनिबार पनि कायम रह्यो । बार्सिलोनाले एलाभेसलाई ३–१ ले हराएर कम्तीमा एक दिनका लागि पहिलो स्थानमा रह्यो ।
त्यसमा लामिन यामलले बार्सिलोनाका लागि पहिलो गोल गरेपछि डानी ओल्मोले दुई गोल थपेका हुन् । त्यस अगाडि एटलेटिकोले रियल ओभिडोलाई २–० ले पराजित गरेको थियो र त्यसमा दुवै गोल एलेक्जान्डर सरलोथले गरे ।
बार्सिलोना ३४ अंक भएको छ भने एटलेटिकोको ३१ अंक छ र तेस्रो स्थानमा छ । रियल भने एक खेल कम खेलेर ३२ अंकमा दोस्रोमा छ र उसको सामु आइतबार फेरि शीर्षमा उक्लिने अवसर हुनेछ ।
अन्य खेलमा एथलेटिको बिलबाओले लेभान्टेलाई २–० ले पन्छायो भने रियल मार्लोका र ओसासुनाले भने २–२ को रोमाञ्चक बराबरी खेले ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |