← समाचारमा फर्कनुस्
बार्सिलोना सजिलै स्पेनिस सुपरकप फाइनलमा

डिफेन्डिङ च्याम्पियन रहेको बार्सिलोनाले बुधबार स्पेनिस सुपरलिगको फाइनल यात्रा सजिलै तय गरेको छ । साउदी अरेबियाको जेद्दामा भएको खेलमा बार्सिलोनाले एथलेटिको बिलबाओलाई सजिलै ५–० पराजित गरेको हो ।
त्यसमा राफिन्हाले दुई गोल गरे भने फेरान टोरेस, फेरमिन लोपेज र रोनी बारडघाजीले एक एक गोल गरे । अब उसले फाइनलमा रियल म्याड्रिड अथवा एटलेटिको म्याड्रिडमध्ये एकको सामना गर्नेछ ।
यो जितपछि बार्सिलोनाको यो सबै प्रकारको प्रतियोगितामा गरेर लगातार नवौं जित पुगेको छ । गत वर्ष बार्सिलोनाले ला लिगा र कोपा डेल रे उपाधि अगाडि स्पेनिस सुपरकप पनि जितेको थियो ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 |
Laos Women |
1 | 0 | 0 |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |
Laos Women