← समाचारमा फर्कनुस्
रियललाई पछ्याउँदै बार्सिलोना

फेरान टोरेसको दुई गोलको मदतले बार्सिलोनाले स्पेनी ला लिगामा शनिबार एथलेटिको बिलबाओलाई सजिलै ४–० ले हराएको छ । यससँगै अंक तालिकाको शीर्ष स्थानमा उक्लेको छ ।
बार्सिलोनाको ३१ अंक भएको छ र गोल अन्तरले अगाडि छ । रियल म्याड्रिड पनि समान ३१ अंक छ र उसले आइतबारको खेल जितेर बार्सिलानालाई उछिन्न सक्नेछ ।
भिल्लारियल भने २९ अंकमा तेस्रो स्थानमा उक्लिन सफल रह्यो र यसका लागि उसले रियल मार्लोकालाई २–१ ले हरायो । यस्तै रियल सोसिडाडले ओसासुनालाई ३–१ ले हरायो । उसको १६ अंक भएको छ ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |