← समाचारमा फर्कनुस्
एल्चीहलाई हराउन बार्सिलोनालाई गाह्रो

बार्सिलोनाले स्पेनी ला लिगामा एल्चीलाई आइतबार ३–१ ले पराजित गरेको छ, तर यो उसको लागि संघर्षपूर्ण जित रह्यो । गत साताको अल क्लासिकोको हारपछि बार्सिलोलाई यो जितले राहत भने दिनेछ ।
बार्सिलोनाका लागि लामिन यामल, फेरान टोरेस र मार्कस रसफोर्डले एक एक गोल गरे । राफा मिरले एल्चीका लागि एक गोल फर्काए र यससँगै बार्सिलोनाको रक्षापंक्तिमा कमजोरी रहेका स्पष्ट देखिएको थियो ।
यो जितपछि बार्सिलोनाको ११ खेलबाट २५ अंक भएको छ र यो शीर्षमा रहेको रियल म्याड्रिड भन्दा पाँच अंकले पछाडि हो । एल्ची १४ अंकमा नवौं स्थानमा रह्यो ।
आइतबारको अर्को खेलमा रियल बेटिसले रियल मार्लोकालाई ३–० ले हरायो । यो जितपछि बेटिस १९ अंकमा पाँचौं स्थानमा रह्यो ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |