बार्सिलोनाले एट्लेटिको मड्रिडलाई हरायो

काठमाडौं। एट्लेटिको मड्रिडले आइतबार स्पेनिस ला लिगामा बार्सिलोनासँग ४–२ को हार बेहोर्न पुग्यो।
मेट्रोपोलिटानो स्टेडियममा भएको खेलमा एट्लेटिकोले पहिलो हाफमा २–० को अग्रता लिएको थियो। तर, इन्जुरी समयमा दुई गोल स्वीकार गर्दै बार्सिलोनालाई जित सुम्पिन बाध्य भयो।
यो जितपछि बार्सिलोना शीर्ष स्थानमा फर्किएको छ। एट्लेटिको भने समान ६० अंक भएका बार्सिलोना र रियलसँग चार अंकले पछि परेको छ।
बार्सिलोनाका लागि लामिन यमलले इन्जुरी समयको दोस्रो मिनेटमा गोल गर्दै खेलमा ३–२ को अग्रता दिलाए। त्यसपछि फेरान टोरेसले छैटौं मिनेटमा अर्को गोल गर्दै बार्सिलोनालाई महत्त्वपूर्ण जित दिलाए।
एट्लेटिकोका लागि जुलियन अल्भारेजले पहिलो हाफको अन्त्यतिर काउन्टर एट्याकमा गोल गर्दै अग्रता दिलाए।
७०औं मिनेटमा एलेक्जान्डर सोरलोथले पेनाल्टी बक्स भित्रबाट गोल गर्दै एट्लेटिकोको अग्रता दोब्बर बनाए। तर, ७२औं मिनेटमा रबर्ट लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनालाई पुन: खेलमा फर्काए। त्यसपछि ७८औं मिनेटमा राफिन्हाको क्रसलाई टोरेसले हेडरमार्फत गोल गर्दै खेल बराबरी गरे।
अन्ततः इन्जुरी समयमा यमल र टोरेसले गोल गर्दै बार्सिलोनालाई नाटकीय पुनरागमन जित दिलाए।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |