← समाचारमा फर्कनुस्
बार्सिलोनाको दोस्रो हाफमा पुर्नआगमन

बार्सिलोनाले दोस्रो हाफमा तीन गोल गर्दै स्पेनी ला लिगामा बिहीबार ओभिएडोमाथि ३–१ को जित दर्ता गरेको छ । उसले एक गोलले पछाडि रहेको स्थिति उल्टाएको हो ।
ओभिएडोले आफ्नो घरेलु मैदानमा अल्बर्टो रेनाको गोलले ३३ औं मिनेटमा अग्रता लिएको थियो । त्यसपछि बार्सिलोनाका लागि एरिक गार्सियाले ५६ औं मिनेटमा बराबरी गोल फर्काए ।
त्यसपछि रोबर्ट लेवनडोस्कीले ७० तथा रोनाल्ड आराहोउले ८८ औं मिनेटमा गोल गरे र टिमको जित निश्चित गरे ।
यो जितपछि बार्सिलोनाको छ खेलबाट १६ अंक भएको छ र यो शीर्ष स्थानमा रहेको रियल म्याड्रिडसँग दुई अंकको दूरी हो । ओभिएडो भने तीन अंकमा मात्र छ र १८ औं स्थान छ ।
बिहीबारको अर्को खेलमा ओसासुना र एल्चेले १–१ कोबराबरी खेलेका छन् । लयमा रहेको एल्चे यो नतिजापछि १० अंकमा पाँचौं स्थानमा रह्यो ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |