← समाचारमा फर्कनुस्
रियलाई हराउँदै बार्सिलोना च्याम्पियन

काठमाडौं । स्पेनिस सुपर कपको उपाधि बार्सिलोनाले जितेको छ। योसँगै बार्सिलोनाले कीर्तिमानी १४ पटक उपाधि जितेको छ। रियल १३ पटकको च्याम्पियन हो।
साउदी अरबको जेद्दाहमा आइतबार भएको फाइनल खेलमा बार्सिलोनाले रियल मड्रिडलाई ५–२ ले पराजित गरेको हो। दुई महिना यसअघि घरेलु लिगमा रियल बार्सिलोनासँग ४–० ले पराजित भएको थियो।
बार्सिलोनाको जितमा राफिन्हाको दुई तथा लामिन यमल, रोबर्ट लेवान्डोव्स्की र एलेजान्ड्रो बाल्डेको एक/एक गोल गरे।
खेलको पाँचौं मिनेटमै एम्बाप्पेले उत्कृष्ट गोल गर्दै रियललाई सुरुआती अग्रता दिलाए। तर यमलले २२औं मिनेटमा बार्सिलोनालाई १-१ को अबस्थामा ल्याए। ३६औं मिनेटमा लेवान्डोव्स्की आफैंले गोल गर्दै टोलीलाई २–१ को अग्रता दिलाए।
राफिन्हाले ३९औं र ४८औं मिनेटमा दुई गोल थप्दा पहिलो हाफमै बार्सिलोनाले अग्रता ४–१ मा पुर्याइसकेको थियो।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |