← समाचारमा फर्कनुस्
सेल्टासँग बार्सिलोना बराबरीमा रोकियो

काठमाडौँ । शीर्ष स्थानको बार्सिलोना बराबरीमा रोकिएको छ।
स्पेनिस ला लिगा अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोना सेल्टा भिगोसँग २–२ गोलको बराबरीमा राकिएको हो।
२–० ले पछि रहेको सेल्टा भिगोले दोस्रो हाफको खेलको ८४औँ र ८६औँ मिनेटमा गोल गर्दै खेल बराबरी गरेको थियो। सेल्टाका लागि अल्फोन्सो गोन्जालेज र हुगो अल्भारेजले एक एक गोल गरे।
त्यसअघि बार्सिलोनाका लागि राफिन्हा र रोबेर्ट लेवानडोस्कीले एक एक गोल गरेका थिए। यस खेलमा बार्सिलोना खेलको ८२औँ मिनेटमा मार्क कासाडोले रातो कार्ड पाएपछि १० खेलाडीमा समेटिएको थियो।
यो बराबरीसँगै बार्सिलोनाले १४ खेलबाट ३४ अंकसहित शीर्ष स्थानमा कायम छ। सेल्टा भिगोको १४ खेलमा १८ अंकसहित ११औँ स्थानमा छ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |