← समाचारमा फर्कनुस्
Football May 01, 2025 · Swadesh

बार्सिलोना र इन्टर मिलान बराबरीमा रोकिए

बार्सिलोना र इन्टर मिलान बराबरीमा रोकिए

काठमाडौँ । युइएफए च्याम्पियन्स लिग अन्तर्गत सेमिफाइनलको पहिलो लिगमा बार्सिलोना र इन्टर मिलान बराबरीमा रोकिएका छन्।

गएराति सम्पन्न यो खेल ३-३ गोलको बराबरीमा रोकिएको हो।

बार्सिलोनाका लागि लामिन यमल र फेरान टोरेजले एक एक गोल गरेका थिए भने एक गोल इन्टर मिलानका यमन सोमेरले आत्मघाती गोल गरेका थिए।

यता, इन्टर मिलानका लागि डेनजेल डमफ्राइजले २ गोल गरेका थिए भने मार्कस थुरामले एक गोल गरेका थिए।

पहिलो लिगमा बराबरी भएपछि अब मे ७ मा हुने दोस्रो लिग निर्णायक हुने भएको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →