← समाचारमा फर्कनुस्
Football Oct 23, 2024 · Swadesh

भारतमाथि बंगलादेशको शानदार जित

भारतमाथि बंगलादेशको शानदार जित

काठमाडौं । भारतविरुद्ध शानदार जित हासिल गर्दै बंगलादेश साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ। 

बुधबार भएको खेलमा भारतलाई ३–१ गोल अन्तरले पराजित हराउँदै बंगलादेश समुह बिजेता बनेर सेमिफाइनलमा पुगेको हो।

बंगलादेशले भारतविरुद्धको खेलको पहिलो हाफमा ३–१ को अग्रता लिएको थियो भने दोस्रो हाफमा दुवै टोलीबाट कुनै गोल हुन सकेन।

बंगलादेशको जितमा तोहुरा खातुनले २ गोल गरेकी थिइन् भने अफइदा खानडाकरले एक गोल गरेकी थिइन्। त्यस्तै भारतका लागि एक गोल बाला देवीले गरेकी थिइन्। 

बंगलादेशको २ खेलमा ४ अंक भएको छ र समुह विजेता हुँदै सेमिफाइनलमा पुगेको छ। त्यस्तै, भारतको २ खेलमा ३ अंक रहेको छ र समुह ए मा उपविजेता हुँदै सेमिफाइनलमा पुगेको छ। योसँगै समुह ए मा रहेको पाकिस्तान भने समुह चरणबाटै बाहिरिएको छ। 

त्यस्तै समुह बी बाट सेमिफाइनलमा पुग्ने देशको टुंगो भने विहिबार लाग्ने छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →