← समाचारमा फर्कनुस्
Football Jul 18, 2025 · Swadesh

अन्ततः बंगलादेश नेपाल आउँदै

अन्ततः बंगलादेश नेपाल आउँदै

अन्ततः बंगलादेश नेपाल आउन तयार भएको छ । अब निश्चित भएको छ, बंगलादेश काठमाडौं आउनेछ, अनि दशरथ रंगशालाले सेप्टेम्बर ६ र ९ मा दुई अन्तर्राष्ट्रिय खेलको आथित्य गर्नेछ । बिहीबार राति बंगलादेश फुटबल संघले प्रेस विज्ञप्ती नै निकालेको थियो र भन्न बाध्य रह्यो, ‘हामी नेपाल जाँदैछौं ।’ 

बंगलादेशलाई यति भन्न पनि एक साता भन्दा बढी समय लाग्यो । साँच्चै भएको के थियो त ? अखिल नेपाल फुटबल संघ (एन्फा) ले दुई साता अगाडि नै घोषणा गरिसकेको थियो, नेपालले बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्दैछ । यसका लागि एन्फाले फिफासँग आवश्यक कुराकानी पनि गरिसकेको थियो । 

तर यसबीच बंगलादेशको प्राथमिकता भने नेपाल थिएन्, उसको योजना थियो, नेपाल भन्दा माथिको वरीयताका टिमविरुद्ध खेल्ने । विशेषतः युरोपकै कुनै टिम । तर उसको यो योजना पनि सफल रहेन् । अनेक कारणले माथिल्लो वरीयताका टिम बंगलादेशसँग खेल्न तयार भएनन् । 

त्यसो त बंगलादेश श्रीलंका गएर त्यहाँ फोर नेसन्सकप खेल्ने योजनामा पनि थियो । तर श्रीलंकाको योजना आफैमा परिपक्व थिएन् । यस्तोमा बंगलादेश फुटबल संघ समस्यामा पर्‍यो र आपत्तकालीन बैठक पछि निर्णय गर्‍यो, हामीले खेल्ने अब नेपालसँगै हो । 

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →