← समाचारमा फर्कनुस्
बागमतीको पहिलो जित

काठमाडौं। बागमती युथ क्लबले एन्फा महिला लिगअन्तर्गत दोस्रो चरणमा पहिलो जित निकालेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा शुक्रबार भएको खेलमा बागमतीले वालिङ नगरपालिकालाई २–० ले पराजित गरेको हो।
बागमतीको जितमा अस्मिता खवास र विष्णुमाया बलले गोल गरिन्। यी दुबै गोल दोस्रो हाफमा सम्भ्व भएको हो।
पहिलो हाफ गोलरहित बराबरीमा सक्किएको थियो। दोस्रो हाफ सुरु भएको सातौं मिनेटमै अस्मिता खवासले बागमतीलाई सुरुआती अग्रता दिलाइन्। ७५औं मिनेटमा विष्णुमाया बलले अर्को गोल थप्दै बागमतीको जित पक्का गरिन्।
जितसँगै बागमतीले तीन अंक जोडेको छ। वालिङ भने जितविहीन छ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |