बागमती प्रदेश ७ विकेटले विजयी

काठमाडौं। प्रधामकप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताअन्तर्गत बागमती प्रदेशले कोशी प्रदेशमाथि उत्कृष्ट प्रदर्शन गर्दै ७ विकेटले सहज जित हात पारेको छ।
पहिले ब्याटिङ गरेको कोशी प्रदेश २८।२ ओभरमा मात्र ९९ रनमा समेटियो। कोशीका लागि कप्तान सुजन थपलियाले २१ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले उल्लेखनीय प्रदर्शन गर्न सकेनन्। रोहन शाहले १८ र अंकित सुबेदीले १९ रन जोडे पनि टोलीलाई ठूलो योगफलतर्फ लैजान सकेनन्।
बागमतीका बलरमध्ये सन्दीप लामिछानेले ७।२ ओभरमा ३३ रन खर्चेर ५ विकेट लिए। त्यस्तै ऋजन ढकालले २ तथा प्रतिश जिसी र ईशान पाण्डेले समान १–१ विकेट लिए।
१०० रनको सामान्य लक्ष्य पछ्याएको बागमती प्रदेशले मात्र ९ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पूरा गर्यो। विवेक मगरले आक्रामक ब्याटिङ गर्दै २८ बलमा अविजित ६१ रन बनाए, जसमा १० चौका र २ छक्का समावेश थिए। प्रतिश जिसीले ५ बलमा १७ रन बनाएर टोलीलाई जितसम्म पुर्याए।
यसअघि रिङजिन लामाले १७ रन जोडे भने अन्य ब्याट्सम्यानले ठूलो योगदान दिन सकेनन्।
कोशीका लागि बिपिन महतोले २ विकेट लिए पनि त्यो जितका लागि पर्याप्त हुन सकेन।
यो जितसँगै बागमती प्रदेश प्रतियोगितामा तेस्रो जित दर्ता गरेको छ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 |
Laos Women |
1 | 0 | 0 |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |
Laos Women