TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Cricket Mar 24, 2026 · Swadesh

गण्डकीमाथि बागमती १७० रनले विजयी

गण्डकीमाथि बागमती १७० रनले विजयी

काठमाडौं। प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले गण्डकी प्रदेशविरुद्ध १७० रनको फराकिलो जित दर्ता गरेको छ।


पहिलो खेलमा एपीएफसँग ७१ रनले पराजित भएको बागमतीले पहिलो जित दर्ता गरेको हो।


२९५ रनको लक्ष्य पछ्याएको गण्डकी ३१।५ ओभरमा मात्र १२४ रनमा अलआउट भयो। गण्डकीका लागि अर्जुन कुमालले सर्वाधिक ७४ रन बनाए पनि अन्य ब्याट्सम्यानले साथ दिन सकेनन्। सुभाष भण्डारीले २९ रन जोड्दा बाँकी खेलाडी दोहोरो अंकमा पुग्न सकेनन्। अर्जुनले ९० बलमा ११ चौका प्रहार गरे। 

बागमतीका रिजन ढकालले ३ विकेट लिए। सन्दीप लामिछाने र इशान पाण्डेले समान २–२ विकेट लिँदा दयानन्द मण्डल र सुभाष खत्रीले १–१ विकेट हात पारे।


त्यसअघि पहिले ब्याटिङ गरेको बागमतीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २९४ रन बनाएको थियो। बागमतीका लागि आशुतोष घिरैयाँले ५९ रनको महत्वपूर्ण इनिङ्स खेले भने शुभ कंसाकारले आक्रामक ४४ रन बनाए। इशान पाण्डेले उत्कृष्ट ७१ रन बनाउँदै टोलीलाई मजबुत अवस्थामा पुर्‍याए।


मध्यक्रममा उत्तम मगरले ३० रन बनाए भने विवेक मगरले २७ रन थपे। कप्तान सन्दीप लामिछानेले अन्त्यतिर अविजित २६ रन बनाउँदै टोलीलाई ठूलो योगफलसम्म पुर्‍याएका थिए।


गण्डकीका लागि कमल परियारले २ विकेट लिए भने विपिन खत्री, अंकित न्यौपाने, सिब्रिन श्रेष्ठ र सुभाष भण्डारीले समान १–१ विकेट लिएका थिए।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group B
1 Bosnia-Herzegovina 0 0
1 Canada 0 0
1 Qatar 0 0
1 Switzerland 0 0
सबै समूह →