बाग्मती गोदावरी मेयर कप फुटबलबाट बाहिरियो, महालक्ष्मीको पहिलो जित

ललितपुर। बाग्मती गाउँपालिका उपत्यकाव्यापी अन्तरपालिका गोदावरी मेयर कप फुटबल प्रतियोगिताबाट बाहिरिएको छ।
ललितपुरको च्यासल मैदानमा बुधबार महालक्ष्मी नगरपालिकासँग ५–१ गोल अन्तरले पराजित हुँदै बागमती गाउँपालिका प्रतियोगिताबाट बाहिरिने पहिलो टोली बनेको छ।
बाग्मती प्रतियोगिताबाट बाहिरिएपनि पहिलो जितका साथ महालक्ष्मी नगरपालिकाले सेमिफाइनलमा पुग्ने संभावना जीवित राखेको छ। महालक्ष्मीको जितमा सिद्धान्त अधिकारीले दुई गोल गरे भने रामकृष्ण चौधरी, अमृत चन्द र सनम धितालले समान एक–एक गोल गरे। बगमतीका लागि दिलिप घलानले गोल फर्काए।
खेलको ३६औं मिनेटमा रामकृष्णको गोलमार्फत महालक्ष्मीले अग्रता लिएको थियो। ४६औं मिनेटमा अमृतले टोलीको अग्रता दोब्बर बनाए। सनमले ६७औं मिनेटमा गोल गर्दा महालक्ष्मीको अग्रता ३–० मा पुग्यो। सिद्धन्तले ७७औं मिनेटमा पेनाल्टीमार्फत टोलीका लागि चौथो गोल गरे।
दिलिपले ७९औं मिनेटमा बागमतीका लागि गोल फर्काए। इन्जुरी समयमा सिद्धान्तले व्यक्तिगत दोस्रो गोल गर्दा महालक्ष्मी ५–१ ले अगाडि बढ्यो। इन्जुरी समयमै आयुश लामा पेनाल्टीमा चुक्दा बागमतीले गोल अन्तर कम गर्ने मौका गुमायो।
पहिलो खेलमा आयोजक गोदावरी नगरपालिकासँग ६–१ ले पराजित भएको महालक्ष्मीले अब ललितपुर महानगरपालिकासँग खेल्न बाँकी छ। अघिल्लो खेलमा ललितपुर महानगरसँग ७–३ गोल अन्तरले पराजित बाग्मतीले अब समूह चरणको अन्तिम खेलमा गोदावरी नगरपालिकासँग प्रतिस्पर्धा गर्न बाँकी छ।
समूह ‘ए’ मा गोदावरी , ललितपुर महानगर र महालक्ष्मीको समान ३–३ अंक छ। यद्यपी गोल अन्तरका आधारमा एक खेल मात्र खेलेको गोदावरी शीर्ष स्थानमा छ। ललितपुर महानगरले पनि एक खेल मात्रै खेलेको छ।
बिहीबार हुने खेल
गोदावरी मेयरकप फुटबलमा बिहीबार ३ वटा खेल हुनेछ। गोदावरी बहुउदेश्यीय रंगशालाको झ्यालुन्टार मैदान बिहीबार विहान सवा ८ बजे काठमाडौं महानगरपालिका र मध्यपुर ठिमी नगरपालिकाबीच प्रतिस्पर्धा हुनेछ।
यसैगरी दिउँसो सवा १२ बजे चन्द्रागिरी नगरपालिका र कागेश्वरी मनोहरा नगरपालिकाबीच खेल हुनेछ। यसैगरी दिउँसो साढे ३ बजे गोदावरी नगरपालिका र ललितपुर महानगरपालिकाबीच प्रतिस्पर्धा हुनेछ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |