← समाचारमा फर्कनुस्
एन्फा यु-१६ लिग उद्घाटन खेलमा भगवती र मनाङ भिड्ने

काठमाडौं। असार २० गतेबाट सुरु एन्फा यु–१६ युथ लिगको उद्घाटन खेलमा श्री भगवती क्लब र मनाङ मर्स्याङ्दी क्लब खेल्ने भएका छन्।
एन्फा कम्प्लेक्स सातदोबाटोमा सोमबार भएको खेल तालिका अनुसार यी दुई टोली उद्घाटन खेल्न भिड्ने भएका हुन्। खेल दिउँसो १ बजेबाट सुरु हुनेछ।
यस्तै सोहि दिन अर्को खेलमा त्रिभुवन आर्मी फुटबल क्लबले हिमालयन शेर्पासँग प्रतिस्पर्धा गर्नेछ।
प्रतियोगितामा १४ वटै ए डिभिजन क्लबहरूको सहभागिता रहनेछ। अघिल्लो संस्करणमा ११ टोली मात्रै सहभागी थिए।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |