← समाचारमा फर्कनुस्
झापामाथि भगवतीको जित

काठमाडौं। श्री भगवती क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा अर्को विजयी हासिल गरेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार सम्पन्न खेलमा भगवतीले झापा फुटबल क्लबलाई २–० ले पराजित गरेको हो।
भगवतीको जितमा विक्रान्त नरसिंह राना र अजित लामाले गोल गरे।
खेलको ६५औं मिनेटमा विक्रान्तले भगवतीलाई सुरुआती अग्रता दिलाएका थिए। ७९औं मिनेटमा अजितले उक्त अग्रता दोब्बर बनाउँदै सहज जित दिलाए।
यो नतिजासँगै भगवतीले नौ खेलबाट २१ अंक पुर्याएको छ। शीर्ष स्थानको प्लानिङ ब्वाइज युनाइटेडको २२ अंक छ। प्लानिङले एक खेल कम खेलेको छ। झापाको भने समान खेलबाट नौ अंक छ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |