टर्कीयालाई हराएपछि अस्ट्रेलिया बलियो स्थितिमा

अस्ट्रेलिया विश्वकप २०२६ मा आइतबार टर्कीयालाई २–० ले हराउँदै समूह डी मा आफ्नो स्थिति बलियो बनाएको छ । तीन बहुमूल्य अंक बटुलेपछि अस्ट्रेलिया सह–आयोजक अमेरिकासँगै शीर्ष दुई स्थानमा रह्यो । यो समूहमा अमेरिका तीन अंकसहित शीर्ष स्थानमा छ ।
गोल अन्तरले अस्ट्रेलिया दोस्रो स्थानमा रह्यो । अमेरिकाले आफ्नो पहिलो खेलमा पाराग्वेलाई हराएको थियो । भ्यान्कुभरमा भएको खेलको २७ औं मिनेटमा नेस्टरोय इरानकुन्डाको गोलमा अस्ट्रेलियाले अग्रता लिएको थियो । त्यसमा पउल ओकन इग्ल्सटलर सहयोगी भूमिका निभाए ।
त्यसको ठीक अगाडि टर्कीयाका लागि अब्दुलकेरिम बारडाचीले २५ यार्डबाट गरेको कडा प्रहारलाई अस्ट्रेलियाली गोलरक्षक प्याट्रिक बिचले सुन्दर बचाउ गरे र त्यो पोस्टमा लागेर फर्केको थियो । यस्तै खेलको ७५ औं मिनेटमा कोनर मेटकाल्फले दोस्रो गोल थपे ।
यो नतिजाले अमेरिकासँगै अस्ट्रेलियाको नकआउट चरण पुग्ने सम्भावना बलियो भएको छ । टर्कीया भने शून्य अंकमा तेस्रो स्थानमा रह्यो । पाराग्वे पनि शून्य अंकमा अन्तिम स्थानमा छ ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 |
Laos Women |
1 | 0 | 0 |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |
Laos Women