← समाचारमा फर्कनुस्
Football Oct 28, 2025 · Swadesh

एटलेटिकोको चोट बिर्साउने जित

एटलेटिकोको चोट बिर्साउने जित

एटलेटिको म्याड्रिडले सोमबार स्पेनी ला लिगामा त्यस्तो जित निकालेको छ, जसले उसको एक साता पुरानो हारको चोटलाई बिर्साउन मदत गर्नेछ । उसले रियल बेटिसलाई २–० ले हराएको हो ।


युरोपेली च्याम्पियन्स लिगमा पछिल्लो साता आर्सनलको हातबाट एटलेटिको ४–० ले हारेको थियो । तर बेटिसमाथिको अहिलेको जितले उसलाई धेरै राहत दिनेछ । एटलेटिकोले यो सिजन क्लिन सिट राखेको पनि यो दोस्रो खेल मात्रै हो ।


यो जितसँगै डिएगो सिमोनीको टिम अंक तालिकाको चौथो स्थानमा उक्लेको छ । यो जितले उसको १० खेलबाट १९ अंक भएको छ । बेटिस भने १६ अंकमा छैटौं स्थानमा रह्यो ।


खेलको दुवै गोल पहिलो हाफमा भएका थिए र ती गिलियानो सिमोनी तथा एलेक्स बेनाको नाममा रह्यो । सिमोनीले तेस्रो मिनेटमै गोलको खाता खोले भने बेनाले इन्ज्युरी समयको दोस्रो मिनेटमा गोल गरे ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →