← समाचारमा फर्कनुस्
एटलान्टासँग पराजित मियामी एमएलएसबाट बाहिरियो

काठमाडौँ । एटलान्टा युनाइटेडसँग पराजित भएसँगै इन्टर मियामी एमएलएस कपबाट बाहिरिएको छ।
प्लेअफको तेस्रो तथा निर्णायक खेलमा मियामी इन्टर मियामी आइतबार युनाइटेडसँग ३–२ गोल अन्तरले पराजित भएको हो।
एटलान्टाको जितमा जमाल थियारेले दुई गोल गरेका थिए भने बार्टोस स्लिजले एक गोल गरे। त्यस्तै इन्टर मियामीका लागि माटियास रोजास र लियोनेल मेस्सीले एक एक गोल गरे।
यो पराजयसँगै मियामीको एमएलएस कपको यात्रा टुंगिएको छ। यसअघि लिगमा शानदार प्रदर्शन गरेको इन्टर मियामीले एटलान्टासँगको पहिलो प्लेअफ २–१ ले विजयी हुँदा दोस्रो खेल २–१ नै हारेको थियो।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |