← समाचारमा फर्कनुस्
Football Oct 20, 2025 · Swadesh

भिल्लाको घर बाहिर सिजनको पहिलो जित

भिल्लाको घर बाहिर सिजनको पहिलो जित

एस्टन भिल्लाले आइतबार यो सिजनको पहिलो घर बाहिरको जित हात पारेको छ । उसले टोटेनहमलाई इंग्लिस प्रिमियर लिगको उत्तरी लन्डनमा भएको खेलमा २-१ ले हराएको हो ।


 एक गोलले पछाडि रहेको स्थितिबाट भिल्ला विजयी  

रहेको हो । यो जितपछि उसको आठ खेलबाट १२ अंक भएको छ । टोटेनहम भने १४ अंकमा सीमित रहेर छैटौं स्थानमा रह्यो । 


टोटेनहमले रोड्रिगो बेन्टकरको गोलले पाँचौ मिनेटमा अग्रता लिएको थियो । भिल्लाले ३७ औं मिनेटमा बराबरी गोल फर्कायो र यो मोर्गन रोजर्सको नाममा रह्यो । 


इमु बुएन्डियाले ७७ औं मिनेटमा भिल्लाका लागि दोस्रो गोल गरे र अन्ततः यो नै सावित भयो । 

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →