← समाचारमा फर्कनुस्
Football Sep 26, 2025 · Swadesh

भिल्लाले टुंग्यायो जितहीन यात्रा

भिल्लाले टुंग्यायो जितहीन यात्रा

एस्टन भिल्लाले आफ्नो जितहीन यात्रालाई बिहीबार टुंग्याउँदै युरोपा लिगमा बोलोग्नालाई १–० ले हराएको छ । रेन्जर्स भने घरमै जेन्कको हातबाट १–० ले नै पराजित रह्यो ।


यो नतिजाले रेन्जर्सका प्रशिक्षक रसेल मार्टिन अझ दबाबमा परेका छन् । इंग्लिस प्रिमियर लिगमा सुरुआती पाँच खेलमा जित निकाल्न असफल भिल्ला युरोपा लिगमा भने उपाधिको बलियो प्रत्यासी हो ।


उसका लागि कप्तान जोन म्याकगिनले निर्णायक गोल गरे । जेन्को जितमा भने दक्षिण कोरियाका मोह ह्योन ग्युले एक मात्र गोल गरे ।


प्रतियोगिताको बिहीबार भएका अन्य प्रमुख खेलमा पोर्टोले साल्जबर्गलाई १–० र स्टुटगार्टले सेल्टा भिगोलाई २–१ ले हरायो ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →