एस्टन भिल्लाः पछिल्लो सिजन दोहराउने चुनौती

(हामी इंग्लिस प्रिमियर लिगमा अबको सिजन कुन टिमको प्रदर्शन कस्तो हुने, त्यसको विश्लेषण गरिरहेका छौं । यस शृंखलामा अबको क्लब रहेको छ, एस्टन भिल्ला)
इंग्लिस प्रिमियर लिगमा पछिल्लो सिजन एस्टन भिल्ला छैटौं स्थानमा रह्यो । पूरा सिजन उनले शीर्ष चारका लागि चुनौती पेस गरिरह्यो, अन्त्यमा त्यो निर्णायक रहेन् । शीर्ष चारबाट तीन अंकको दूरीमा रह्यो । यदी कोही भिल्ला समर्थक हो भने उनका लागि यो प्रदर्शन ठीकठाक नै छ भन्दा हुन्छ । त्यसमाथि भिल्लाको युरोपेली च्याम्पियन्स लिगमा प्रदर्शन पनि धेरै हदसम्म राम्रो रह्यो ।
त्यसैले नयाँ सिजन सुरु हुँदा भिल्लाको एउटै चुनौती हुनेछ, पछिल्लो सिजनको प्रदर्शन दोहराउने । प्रशिक्षक उनाइ एमरीको नेतृत्वमा भिल्लाको प्रदर्शनमा सकारात्मक पक्ष धेरै छन् । नकारात्मक के रह्यो भने अबको सिजन भिल्लाले फेरि दोहरएर च्याम्पियन्स खेल्ने छैन् । अब उसले खेल्ने भनेको युरोपा लिग नै हो । त्यसैले यसपल्ट भिल्लाको ध्यान एकातर्फ यही प्रतियोगिता युरोपा लिग हुनु पर्छ, अर्कोतर्फ प्रिमियर लिगमा शीर्ष चार लक्ष्य राख्नु पर्नेछ ।
एभरी खेलाडीबाट धेरै अपेक्षा राख्ने प्रशिक्षक हुन्, उनी खेलाडीलाई रोबट जस्तै मिहिनेत गराउने गर्छन् । यसले सिधा सिधा टिममा राम्रो प्रभाव त पर्न सक्छ, तर खेलाडीले गुनासो गर्ने ठाउँ पनि उत्तिकै हुन सक्छ । भिल्लाको मुख्य अस्त्र हुन सक्छ, मोर्गन रोजर्स । उनी प्रिमियर लिगमा सबै भन्दा बढी अपेक्षा गरिएका खेलाडीमा पर्छन् । त्यस्तै योरी टेलेमन्सबाट पनि धेरै आश गर्न सकिन्छ ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |