एसियन कप छनोट खेल्न भुटान जान लागेको नेपाली टलीको बिदाइ

काठमाडौं। एएफसी महिला यु–२० एसियन कप छनोट खेल्न भुटान जान लागेको नेपाली टलीको बिदाइ गरिएको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले बिहीबार दशरथ रंगशालामा टोलीको बिदाइ गरेको हो। टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी पनि यामप्रसाद गुरुङलाई नै दिइएको छ।
उनको प्रशिक्षणमा नेपाली टोली साफ महिला यु–२० च्याम्पियनसिपको उपाधिनजिक पुगेर पराजित हुन पुगेको थियो। बंगलादेशको ढाकामा भएको प्रतियोगिताका दुवै खेलमा नेपाल बंगलादेशसँग पराजित भएको थियो। पहिलो खेलमा ३–२ ले पराजित भएको नेपाल अन्तिम तथा उपाधि निर्णायक खेलमा ४–० ले पराजित हुन पुगेको थियो।
उनले भुटान जाने टोलीमा साफ महिला यु–२० च्याम्पियनसिपमा उपविजेता भएको टोलीमा रहेकी डिफेन्डर झुमा विश्वकर्मालाई मात्रै परिवर्तन गरेका छन्।
नेपालले ६ खेल खेले पनि झुमा मैदान उत्रिन पाएकी थिइनन्। उनको स्थानमा गुरुङले सजिना स्याङ्तानलाई टोलीमा समेटिएकी छन्। टोलीले आगामी भदौ २३ देखि २८ (अगस्ट ६–११, २०२५) सम्म भुटानमा आयोजना हुने छनोटमा प्रतिस्पर्धा गर्नेछ।
नेपाल समूह ‘बी’ मा रहेको छ। यो समूहमा उत्तर कोरिया, आयोजक भुटान र साउदी अरब पनि छन्। छनोट चरणमा प्रत्येक समूहको शीर्ष टोलीले आगामी वर्ष आयोजना हुने एएफसी यु–२० महिला एसियन कपको अन्तिम चरणमा स्थान बनाउनेछ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |