← समाचारमा फर्कनुस्
एसियन कप छनोट : नेपालको समूहमा भियतनाम र मलेसिया

काठमाडौं । साउदी अरबमा सन् २०२७ मा हुने एएफसी एसियन कप तेस्रो चरणको छनोटमा नेपालले भियतनाम र मलेसियाजस्ता बmिया प्रतिद्वन्दी पाएको छ।
मलेसियाको क्वालालम्पुरस्थित एएफसी हाउसमा सोमबार भएको ‘ड्र’ मा नेपालसँगै भियतनाम, मलेसिया र लाओस समूह ‘एफ’ मा परेका हुन्।
२४ टिमलाई चार–चार समूहमा विभाजन गर्दै नेपाललाई पट ३ मा राखिएको थियो। जसअनुसार नेपालले पोट १ बाट भियतनाम, पोट २ बाट मलेसिया र पोट ४ बाट लाओस प्रतिद्वन्दी पाएको हो।
एएफसीका अनुसार २५ मार्चबाट सुरु हुने प्रतियोगिता राउन्ड रोबिन फर्म्याटमा होम एन्ड अवेमा हुनेछ। प्रत्येक समूहको विजेताले सन् २०२७ मा साउदीमा आयोजना हुने एएफसी एसियन कपका लागि छनोट हुनेछ।
नेपालले मार्च २४ मा मलेसियासँगै खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |