← समाचारमा फर्कनुस्
एसियन कप छनोट : फेरि नेपालले घरेलु खेल गुमायो

काठमाडौं। एएफसी एसियन कप २०२७ छनोटअन्तर्गत नेपालले मलेसियासँग घरेलु मैदानमा खेल्नुपर्ने खेल गुमाएको छ।
एएफसीले सुरक्षा र व्यवस्थापकीय कारण देखाउँदै खेल स्थल परिवर्तन गरी आगामी १८ नोभेम्बरमा हुने खेल क्वालालम्पुरको बुकीत जालिल रंगशालामा सारिएको जनाएको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने तय खेल अब मलेसियाको घरेलु मैदानमा हुनेछ। समूह ‘एफ’ मा अंकविहीन रहँदै प्रतियोगिताबाट बाहिरिएको नेपालका लागि यो खेल थप कठिन बन्नेछ भने मलेसियाका लागि फाइदाजनक मानिएको छ।
नेपालले यसअघि भियतना र लाओसँग पनि उसैकाे मैदानमा गएर खेलेको थियो।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |