एसियन कप : बंगलादेश र भारत कठिन समूहमा

काठमाडौं। एएफसी महिला एसियन कपको समूह विभाजन भएको छ।
एसियन फुटबल महासंघ (एएफसी)ले मलेसियाको क्वालालम्पुरस्थित मुख्यालयमा मंगलबार गरे समूह विभाजन अनुसार साफका दुई टोली बंगलादेश र भारत कठिन समूहमा परेका छन्।
बंगलादेश साबिक विजेता चीनसँगै समूह ‘बी’ मा परेको छ। सन् २०२२ मा भारतमा भएको पछिल्लो संस्करणको फाइनलमा चीनले दक्षिण कोरियालाई ३–२ ले पराजित गर्दै नवौंपल्ट उपाधि उचालेको थियो।
यो समूहमा चीन र बंगलादेशसँगै उत्तर कोरिया पनि छ। उत्तर कोरिया सन् २००१, २००३ र २००८ को च्याम्पियन टोली हो। उज्बेकिस्तानले भने सन् १९९५, १९९७, १९९९ र २००१ मा सहभागिता जनाए पनि समूह चरण पार गर्न सकेको छैन। बंगलादेशको भने यो डेब्यु प्रतियोगिता हुनेछ।
भारत भने सन् २०१४ र २०१८ को च्याम्पियन टोली रहेको जापानसँगै समूह ‘सी’ मा परेको छ। जापान पछिल्लो संस्करणमा सेमिफाइनल पुगेको टोली हो।
यी दुई रहेको समूहमा भियतनाम र चाइनिज ताइपेई पनि छन्। चाइनिज ताइपेई पनि तीनपल्टको विजेता टोली हो।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |