TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Football Dec 24, 2025 · Swadesh

टाइब्रेकरमा जित्दै आर्सनल सेमिफाइनलमा

टाइब्रेकरमा जित्दै आर्सनल सेमिफाइनलमा

आफ्नो लन्डन छिमेकी क्रिस्टल प्यालेसलाई टाइब्रेकरमा पराजित गर्दै आर्सनलले मंगलबार इंग्लिस लिगकपको सेमिफाइनल यात्रा निश्चित गरेको छ । अबको अन्तिम चारको खेलमा उसको सामना अर्को लन्डन क्लब चेल्सीविरुद्ध हुनेछ ।


इमिरेट्समा भएको नाटकीय खेलमा प्यालेस पेनाल्टी सुटआउटमा ८–७ ले विजयी रहेको हो । त्यस अगाडिको खेलमा भने दुवै टिम १–१ को बराबरीमा रहेका थिए । म्याकेन्स लाक्रोसको आत्मघाती गोलमा आर्सनल अगाडि रहेको थियो ।


लगतै मार्क गुएहीले प्यालेसका लागि बराबरी गोल फर्काए । दुवै टिमले लगातार सात गोल गरिसकेपछि पेनाल्टीमा विलियम सलिबाले आर्सनललाई अगाडि राखे । त्यसपछि गोलरक्षक केपा एरिजाबालागाले प्यालेसको प्रहार जोगाए ।


प्रतियोगिताको अर्को सेमिफाइनलमा डिफेन्डिङ च्याम्पियन न्युकासलल युनाइटेडले म्यानचेस्टर सिटीको सामना गर्नेछ । जनवरी र फेब्रवरीमा सेमिफाइनल दुई लेगमा हुनेछ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group B
1 Bosnia-Herzegovina 0 0
1 Canada 0 0
1 Qatar 0 0
1 Switzerland 0 0
सबै समूह →