← समाचारमा फर्कनुस्
आर्सनललाई राहत वेस्ट ह्यामलाई गाह्रो

इंग्लिस प्रिमियर लिगमा दुई लन्डन क्लबले शनिबार फरक नियति भोगेका छन् । आर्सनलले फुलहमलाई सजिलै ३–० ले पराजित गरेपछि शीर्ष स्थानमा छ अंकको अग्रता लिएको छ । यससँगै आर्सनलसामु २२ वर्षयता पहिलो पटक लिग उपाधि जित्ने आधार तयार भएको छ ।
त्यसमा भिक्टोर ग्योकुरेसले दुई तथा बुकायो साकाले एक गोल गरे । यो नतिजापछि आर्सनलको ३५ खेलबाट ७६ अंक भएको छ । म्यानचेस्टर सिटी ७० अंकमा दोस्रो स्थानमा छ र उसले दुई खेल कम खेलेको छ ।
अर्को खेलमा ब्रेन्टफोर्डले वेस्ट ह्यामलाई ३–० ले हरायो र यसले वेस्ट ह्यामाथि रेलिगेसन दबाब बढेको छ । वेस्ट ह्याम ३६ अंकमा १७ औं स्थानमा छ र उसको ठीक पछाडि रहेको टोटनहमसामु रेलिगेसन क्षेत्र छाड्ने अवसर बनेको छ ।
अन्य खेलमा न्युकासल युनाइटेडले ब्राइटनमाथि ३–१ जित दर्ता गर्यो भने उल्भ्स र सन्डरल्यान्डले १–१ को बराबरी खेले ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 |
Laos Women |
1 | 0 | 0 |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |
Laos Women