← समाचारमा फर्कनुस्
Football Sep 29, 2025 · Swadesh

न्युकासलमाथि आर्सनलको पुर्नआगमन जित

न्युकासलमाथि आर्सनलको पुर्नआगमन जित

आर्सनलले एक गोलले पछाडि रहेको स्थिति उल्टाएर आइतबार न्युकासल युनाइटेडलाई २–१ ले हराएको छ र अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ ।


यो जितपछि आर्सनलको छ खेलबाट १३ अंक भएको छ । लिभरपुल १५ अंकमा शीर्षमा छ, तर आर्सनलको जितले उसमाथि दबाब हुनेछ । आर्सनलको पछाडि क्रिस्टल प्यालेसको १२ र टोटनहमको ११ अंक छ ।


सेन्ट जेम्स पार्कमा भएको खेलमा न्युकासलले निक वाल्टमेडको गोलले ३४ औं मिनेटमा अग्रता लिएको थियो । त्यसपछि आर्सनलले खेलको अन्त्यतिर दुई गोल गरेको हो ।


त्यसमध्ये मिखेल मेरिनोले ८४ र ग्याब्रिएलले दोस्रो हाफको इन्ज्युरी समयको छैटौं मिनेटमा गोल गरे ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →